आज पनि स्पेशल प्रि ओपन सेसनमा हुन सकेन् आदर्श लघुवित्तको पहिलो कारोबार

३ बर्ष अगाडि

साताको चौथो कारोबारको दिन (बुधबार) पनि स्पेशल प्रि ओपन सेसनमा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार हुन सकेन।

लघुवित्तको २ लाख ७ हजार कित्ता शेयर साउन २ गते, सोमबार नेप्सेमा सूचीकृत भएको थियो। लघुवित्तले सर्वसाधरणलाई निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको थियो। यस अनुसार मंगलबारदेखि लघुवित्तको शेयर कारोबार हुनु पर्ने थियो।

तर, कारोबार म्याचिङ्ग नभएका कारण सो दिन लघुवित्तको कारोबार हुन नसकेका कारण पहिलो कारोबार बुधबारको स्पेशल प्रि ओपन सेसनमा सरेको थियो। तर यस दिनको स्पेशल प्रि ओपन सेसनमा पनि लघुवित्तको शेयर कारोबार हुन सकेन। अब बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात मात्र लघुवित्तको शेयर नियमित बजारमा कारोबार हुनेछ।

नेप्सेले लघुवित्तको शेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसादेखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीको शेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया