प्राइम लाइफबाट बिदा भए भट्टराई र भण्डारी

३ बर्ष अगाडि

काठमाडौं - प्राइम लाइफ इन्स्योरेन्सको व्यवस्थापनको नेतृत्व गरेका मनोजकुमार भट्टराई कम्पनीबाट बिदा भएका छन् । 

दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन नपाइने नियमअनुसार भट्टराईले कम्पनी व्यवस्थापनको नेतृत्व छाडेका हुन् । 

कम्पनीका अनुसार उनले आठ वर्ष कम्पनीमा काम गरेका थिए । उनको दोस्रो कार्यकाल गत असार मसान्तमा सकिएको थियो । 

यस्तै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत 9डीसीईओ) चिरायु  पनि बिदा भएका छन् । दुई वर्षे करार अवधि सकिएकाले उनी कम्पनीबाट बिदा भएका हुन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया