काठमाडौं - लुम्बिनी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नरेशसिंह बोहरा नै दोहोरिएका छन् । उनलाई सोमवारदेखि लागू हुनेगरी बैंक सञ्चालक समितिले सीईओमा नियुक्त गरेको हो ।
मंगलबार एक कार्यक्रमका बीच उनले दोस्रो कार्यकालको पदबहाली गरेका छन् । बोहराले बैंकको पहिलो कार्यकालमा उल्लेख्य सफलता हासिल गर्दै बैंकलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।
बोहराले भारतको इलाहबाद विश्वविद्यालयबाट बीएससी र एमबीए अध्ययन गरेका छन् । बोहरा २५ वर्षदेखि बैंकिङ क्षेत्रमा आबद्ध छन् ।
प्रतिक्रिया