लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा सुविधा नदिने

३ बर्ष अगाडि

काठमाडौं - लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बीमा सुविधा नदिने भएको छ । हस्पिटलले अघि राति १२ बजेदेखि स्वास्थ्य बीमा बोर्ड अन्तर्गतको बीमा सुविधा नदिने जनाएको छ ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डबाट संचालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गरेका विरामीहरुलाई यस हस्पिटलले २०७३ भदौ एक गतेदेखि रेफरल सेन्टर र प्रथम विन्दुको रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको थियो । 

नेपाल सरकारले २०७९/८० को बजेट वक्तव्य मार्फत बीमा कार्यक्रम २०७९ साउन एक गतेदेखि सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने निर्णय सँगै हस्पिटलले अघि रातिदेखि बन्द गर्ने निर्णय गरेको हो ।

हस्पिटलले हाल रेफरल स्वास्थ्य संस्थाको रुपमा उपलब्ध गराउदै आएको बहिरङ्ग अन्तरङ्ग तथा आकस्मित अन्तर्गत दिइने सम्पुर्ण स्वास्थ्य बीमा कार्यक्रम अघि राति १२ बजेदेखि सेवा स्थगत गरिएको व्यहोरा सम्पुर्ण स्वास्थ्य बीमित विरामी तथा विरामीका आफन्तहरुलाई जानकारी गराएको छ ।

 सरकारको निर्णयले गर्दा यस्तो सेवा दिन नपाइएको भन्दै दुःख व्यक्त गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया