काठमाडौं - नेपालको पुँजीबजार विकास र विस्तारका लागि भारतीय धितोपत्र बजारको नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) ले सहयोग र सहकार्य गर्ने भएको छ ।
हालै भारत भ्रमणमा पुगेको नेपाल धितोपत्र बोर्ड ९सेबोन०को टोलीलाई सेबीकी अध्यक्ष माधवी पुरीले नेपाल पुँजीबजार विकास र विस्तारका लागि सहयोग र सहकार्य गर्ने बताएकी हुन् ।
सेबीको निमन्त्रणामा गत असार २७ गतेदेखि ३१ गतेसम्म सेबोन अध्यक्ष रमेशकुमार हमाल नेतृत्वमा कामु कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, उपकार्यकारी निर्देशक कृष्ण पोखरेल र कामु उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मासहितको टोलीले भारतीय पुँजी बजारको अध्ययन भ्रमण गरेको थियो ।
भ्रमणका क्रममा सेबोनका पदाधिकारीहरुले सेबी, बम्बई स्टक एक्सचेन्ज ९बीएसई०, नेसनल इन्स्टिच्युट अफ सेक्युरिटी मार्केटस ९एनआईएसएम० र मल्टी कमोडिटी एक्सचेज अफ इन्डिया ९एमसीएक्स० का उच्च पदाधिकारीसँग भेटघाट तथा छलफल गरेका थिए ।
सेबी अध्यक्ष पुरीसँगको भेटमा आगामी दिनमा दुवै निकायबीच लङ टर्म को–अपरेसन स्थापित गरी समन्वय र सहकार्य गरी अगाडि बढने प्रतिबद्धता व्यक्त भएको थियो ।
यो भ्रमणले भारतीय बजारको नियमन व्यवस्था, कानुनी व्यवस्था, नियामकीय प्रविधिको विकास साथै नियमन निकायले बजारको विश्वसनीयता अभिवृद्धि गर्नका लागि खेल्नुपर्ने भूमिका र बजारको अनुगमन तथा सुपरिबेक्षण के कसरी गर्नुपर्दछ भन्ने विषयमा जानकारी प्राप्त भएको सेबोनले जनाएको छ।
प्रतिक्रिया