निर्जीवन बीमा कम्पनीहरु एक वर्षमा कति आर्जन गरे बीमा शुल्क ?

३ बर्ष अगाडि

 काठमाडौं - गत आर्थिक वर्ष २०७८/७९ मा निर्जीवन बीमा कम्पनीले ३२ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । १६ निर्जीवन बीमा कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार ३२ अर्ब भन्दा माथि बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

गत आर्थिक वर्षमा शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै ५ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ । दोस्रो स्थानमा रहेको सगरमाथाले तीन अर्ब १० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ 
 
यस्तै तेस्रो स्थानमा नेको रहेको छ । यस अवधिमा नेकोले २ अर्ब ८५ करोड रुपैयाँ आर्जन गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया