बैंकिङ प्रणालीबाट एकैदिन २९ अर्ब बाहिरियो

३ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीबाट एकैदिन २९ अर्ब रुपैयाँ बाहिरिएको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउन २ गते एकैदिन बैंकिङ प्रणालीबाट २९ अर्ब रुपैयाँ बाहिरिएको हो । योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ९० अर्ब रुपैयाँमा झरेको छ । 

यसअघि गत साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५१ खर्ब १९ अर्ब रुपैयाँ रहेको थियो । यो एक दिनमा वाणिज्य बैंकहरुको निक्षेप २७ अर्ब रुपैयाँले घटेको छ । 

गत साउन १ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ८ अर्ब रुपैयाँ रहेकोमा साउन २ गतेसम्म घटेर ४४ खर्ब ८१ अर्ब रुपैयाँमा झरेको छ । 

साउन २ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । गत साउन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा साउन २ गतेसम्म घटेर ४६ खर्ब ९६ अर्ब रुपैयाँमा झरेको छ । 

साउन २ गते वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ। गत साउन १ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा लगानी ४१ खर्ब ६८ अर्ब रुपैयाँ रहेको थियो।

साउन २ गते बैंकहरुको औसत सीडी रेसियो थोरै बढेर ८७.८० प्रतिशत पुगेको छ । अघिल्लो दिनसम्म सीडी रेसियो ८७.३९ प्रतिशतमा सीमित थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया