काठमाडौं - गत आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीहरुले एक खर्ब ३९ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
कम्पनीहरुले उपलब्ध गराएको प्रारम्भिक तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा कम्पनीहरुले १४.८७ प्रतिशतले मात्रै बृद्धि गर्न सफल भएका हुन् । अघिल्लो आर्थिक वर्षमा जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन एक खर्ब २१ अर्ब रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । नेपाल लाइफले यस वर्ष ३५ अर्ब ३५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा एक चौथाइ रहेको छ । दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
तेस्रो स्थानमा रहेको नेशनल लाइफले गत आर्थिक वर्षमा १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया