शिवम् सिमेन्टसहित यी १० कम्पनीको सर्वाधिक कारोबार,कुन कम्पनीको कतिको कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार बढेको छ । 

आज अघिल्लो कारोबार दिन अर्थात सोमबार १८.०३ अंक बढेर २०२९.४३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेचञ्ज (नेप्से) परिसुचक १६.२० अंकले बढेर २०४५.६३ को बिन्दुमा बन्द भएको छ । 

नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड माथिको कारोबार भएको छ ।

आज २ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्टको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको हो ।

यस्तै, एभरेष्ट बैंकको १० करोड ५ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ४८ लाख, एनआइसी एशिया बैंकको ६ करोड ८८ लाख र अरुण काबेली पावरको ५ करोड ९४ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया