काठमाडौं- किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) एकैपटक राजिनामा दिएका छन् ।
कामु सिइओ देबेन्द्र बहादुर शाह र डिसिइओ बखत बहादुर बटालाले राजिनामा दिएका हुन् ।
संस्थाका दुई उच्च अधिकारीहरुले आ–आफ्नो घरायसी समस्या देखाई सो पदबाट दिएको राजिनामा कम्पनीको संचालक समितिको साउन २ गते बसेको बैठकले दुवैको राजिनामा स्वीकृत गरेको हो ।
कामु सिइओ र डिसिइओको राजिनामा संचालक समितिको बैठकले भदौ १ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

प्रतिक्रिया