काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक र कनिष्ठ सहायकमा केहि संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुका लागि संस्थाले न्यूनतम एसएलसी तह देखि स्नातक तहसम्म उत्तीर्ण शैक्षिक योग्यता हुनुपर्ने जनाएको छ ।
योग्यता इच्छुक ब्यक्तिले १५ दिनभित्र कम्पनीको वेबसाइट https://www.mlbsl.com.np/?cat=8 मार्फत दरखास्त दिन सक्नेछन् ।

प्रतिक्रिया