प्रि ओपन सेसनमा बढ्यो नेप्से, ८९५ कित्ता शेयर खरिदबिक्री

३ बर्ष अगाडि

साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १८.०३ अंक बढेर २०२९.४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.२८ अंक बढेर २०२९.७१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०५ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १२  स्टकको २ लाख ४८ हजार ५१२ रुपैयाँ ५० बराबरको ८९५ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ८ स्टकको मूल्य बढेको छ भने २स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया