अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बनेको छ ।
नेपाल राष्ट्र बैंकले आज (मंगलबार) सार्वजनिक गरेको निनिमयदर अनुसार १ डलरको बिक्रीदर १२८ रुपैयाँ २६ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२७ रुपैयाँ ६६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ ।
भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ ।
यस्तै,अन्य कुन देशको मुद्राको दर कति ?
प्रतिक्रिया