एशियन इन्स्योरेन्सको  नयाँ बोनसदर सार्वजनिक, न्यूनतम ४० रुपैयाँदेखि अधिकतम कति रुपैंयासम्म ?

३ बर्ष अगाडि

काठमाडौं, एशियन इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमितहरुको लागि आर्थिक वर्ष २०७७।०७८ को नयाँ बोनसदर घोषणा गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदरअनुसार कम्पनीले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको बोनसदरअुनसार बीमितहरुले प्रतिहजार न्युनतम ४० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउने भएका छन् । एसियन लाइफले विभिन्न ५ बीमा योजनाका विभिन्न अवधिका बीमितहरुलाई सो मात्राको बोनसदर वितरण गर्ने भएको हो ।

एशिसयनले सावधिक तथा आजीवन बीमालेख अन्तर्गतका बीमितहरुलाई न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा १४ वर्षसम्मका लागि ५० रुपैंया, १५ देखि १९ वर्षसम्मका लागि ५५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ६० रुपैयाँ र २५ देखि सो भन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको छ ।

यस्तै, बालबालिकाको सावधिक जीवन बीमालेख र सावधिक जीवन बीमालेख अन्तर्गत न्युनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर उपलब्ध गराउने भएको हो । जसमा १४ वर्षसम्मका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५३ रुपैयाँ र २५ देखि माथिका लागि ६० रुपैयाँ बोनसदर उपलब्ध गराउने भएको छ ।

त्यस्तै, अग्रिम भुक्तानी सावधिक बीमालेख अन्तर्गत एसियन लाइफले न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ  ।

त्यस्तै, नव रत्न, जीवन सजीवन, दम्पत्ति सुरक्षा प्लस,एशियन वार्षिक धनलाभ अन्तर्गत न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म गुराँस लाइफले बोनसदर निर्धारण गरेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया