युनियन लाइफद्धारा १ करोड २ लाख ८० हजार मृत्यु बीमा दाबी भुक्तानी

३ बर्ष अगाडि

काठमाडौं, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीको पाँचखाल शाखाले शाखामा बीमा गरेका चन्द्रलाल मास्केको परिवारलाई १ करोड २ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो । कम्पनीले साउन १ गते एक कार्यक्रमका बीच मृतकको काका र भाई सहितको उपस्थितिमा उनको श्रीमतीलाई चेक हस्तान्तरण गरेको हो ।

२६ वर्षका मृतक चन्द्रलाल मास्के २०७८ चैत्र २५ गते मोटरसाईकल दुर्घटनामा परेका थिए र अस्पताल लाँदै गर्दा उनको मृत्यु भएको थियो । मृतकले २०७७ साल भदौ २२ गते युनियन लाईफ इन्स्योरेन्स पाँचखाल शाखाबाट ५० लाख रुपैयाँको वार्षिक अग्रिम भुक्तानी पोलिसि लिएका थिए ।

जस बापत उनले पहिलो वर्ष ३ लाख ५४ हजार ४०० रुपैयाँ र दोस्रो वर्ष १ लाख ४ हजार ४०० रुपैयाँ गरी जम्मा ४ लाख ५८ हजार ८०० रुपैयाँ किस्ता बुझाएका थिए । दुर्घटनाबाट मृत्यु भएकाले दुर्घटना मृत्यु बापतको सुविधा रकम, विमांक रकम र बोनस रकम सहित १ करोड २ लाख ८० हजार रुपैयाँ उनको परिवारले क्षतिपुर्ति बापत प्राप्त गरेको छ भने यो भुक्तानी यस क्षेत्रकै सबैभन्दा ठूलो दावि भुक्तानी रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया