काठमाडौं- एक्सेल डेभलपमेन्ट बैंकले साउन ९ गते साधारण सभा डाकेको छ । सभा सिद्धार्थ होटल, विर्तामोड झापामा बिहान ११ बजे सुरु हुनेछ।
बैंकले सभामा शेयरधनीलाई कुल ८.९५ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न लागेको हो । बैंकले ९ करोड ७९ लाख २ हजार ३३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ ।
यस्तै, साधारण सभामा बैंकले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ ।
सभा प्रयोजनका लागि बैंकले असार २८ गतेदेखि साउन ९ गतेसम्म बुक क्लोज गरेको छ ।
प्रतिक्रिया