सिभिल बैंकका ग्राहकहरुलाई विराट मेडिकल कलेजमा १०% छुट

३ बर्ष अगाडि

काठमाडौं- सिभिल बैंकका सम्पूर्ण ग्राहकले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन्। 

हिजो एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकको प्रदेश नं. १ का प्रमुख राजेश ढकाल  तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन्।  

उक्त सम्झौताअनुसार बैंकले ग्राहकले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउनेछन्। 

सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टर र ९९ एटीएम सञ्चालनमा छन्। 

३ बर्ष अगाडि

प्रतिक्रिया