आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ।
विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड १० लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४६.३६ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४२.२६ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४९.६५ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा १० करोड ५८ लाख रुपैयाँ रहेको छ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। अघिल्लो आर्थिक वर्षको अन्यसम्ममा १२ रुपैयाँ ४४ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ ३५ पैसा बढेर १६ रुपैयाँ ७९ पैसा पुगेको छ। असार मसान्तमा कम्पनीको मूल्य आम्दानी अनुपात ३३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३७.०९ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ५१.१४ प्रतिशत र कर्जा ५५.९६ प्रतिशत बढेको छ।
प्रतिक्रिया