नेको इन्स्योरेन्सको‘नेकोको अभियान कृषिमा योगदान’नाराका साथ कृषि अभियान शुभारम्भ

३ बर्ष अगाडि

नेको इन्स्योरेन्सको कृषि अभियान शुभारम्भ गरेको छ । कम्पनीले आइतबार एक कार्यक्रमकाबीच ‘नेकोको अभियान कृषिमा योगदान’ भन्ने नाराका साथ कृषि अभियान शुभारम्भ गरेको हो । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कृषकले गरेको लगानीमा अप्रत्यासित नोक्सानीमा बीमा कम्पनीले सुरक्षा दिने हेतुले यस अभियान सञ्चालनमा ल्याएको कम्पनीका सिईओ अशोक कुमार खड्काले बताएका छन् । किसानले नबुझेर वा बुझाउन नसकेर कृषि बीमामा आकर्षण बढ्न नसकेको र जसकारण यस्ता क्षति भोग्नुपर्दा किसानहरुका जोखिमको सुरक्षण गर्न यस अभियान संचालनमा ल्याएको उनको भनाई छ ।

यस अभियानका लागि नेकोका हरेक शाखा र हरेक कर्मचारी तयार रहेको र यसलाई मेची महाकाली फैलाउने सीईओ खड्काले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया