सोमबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा ४५७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो चार महिना यताकै उच्च हो । यसअघि फागुन १० गते ४७६ जनामा संक्रमण देखिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा भएको २ हजार ३४१ पीसीआर परीक्षण गर्दा ३८६ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, २ हजार ३१० एन्टिजेन परीक्षण गर्दा ७१ जनामा कोरोना पाइएको हो ।
यसैगरी, एक दिनमा संक्रमणका कारण एक जनाकोे ज्यान गएको छ । सोहि अवधिमा संक्रमण मुक्त हुनेको संख्या भने ४८ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभरमा एक हजार ७७६ जना सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया