काठमाडौं- आदर्श लघुवित्त वित्तीय संस्थाको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ लाख ७ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधरणलाई निष्कासन गरेको ६७ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १ लाख ४० हजार कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको शेयरलाई न्युनतम १२२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा मंगलबार देखि कम्पनीको शेयर कारोबारमा आउनेछ ।
कम्पनीको शेयरलाई नेप्सेले एडीएलबी कारोबार संकेत प्रदान गरेको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।
प्रतिक्रिया