आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

३ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । आज शेयर बजार दोहोरो अंकले बढेको हो । 

अघिल्लो कारोबार दिन अर्थात आइतबार १.९३ अंक बढेर २०११.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.०३ अंकले बढेर २०२९.४३ को बिन्दुमा पुगेको छ । 

आज वरुण हाईड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।

यस्तै, , इमर्जिङ नेपालको ९.६२ प्रतिशत,चन्द्रागिरी हिल्सको ६.०६ प्रतिशत, अपी पावरको ५.१८ प्रतिशत र तेह्रथुम पावरको शेयरमूल्य ४.९८ प्रतिशतले बढेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया