शिवम् सिमेन्ट्सहित यी १० कम्पनीको सार्वधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि शेयर बजार बढेको छ । आज शेयर बजार दोहोरो अंकले बढेको हो । 

अघिल्लो कारोबार दिन अर्थात आइतबार १.९३ अंक बढेर २०११.४० विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १८.०३ अंकले बढेर २०२९.४३ को बिन्दुमा पुगेको छ । 

नेप्सेमा सूचीकृत २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३१ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ९ करोड ३४ लाख रुपैयाँ भन्दा माथि कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ३९ लाख, अपि पावरको ५ करोड ८९ लाख, अपर तामाकोशीको ५ करोड ६२ लाख र गोर्खाज फाइनान्सको ४ करोड ४१ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया