काठमाडौं । एक वर्षको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २४ हजार भन्दा बढी भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७८/७९ मा उक्त उजुरी परेका हुन् ।
उक्त अवधिमा कूल २४ हजार २ सय ४१ वटा उजुरी परेको अख्यिारले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट १६ हजार १४८ र अघिल्लो आर्थिक वर्ष २०७७/७८ बाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ गरी कुल २४ हजार २ सय ४१ उजुरी परेको अख्तियारले जनाएको छ ।
तिमध्ये १७ हजार ९८ उजुरी पछर्यौट गरिएका छन् । यो संख्या उजुरी संख्याको करिव ७०.५३ प्रतिशत हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भन्दा गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६ सय १६ उजुरी बढी परेका छन् ।
प्रतिक्रिया