मौद्रिक नीति केही दिन पछि मात्र आउने

३ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्रबैंकले आज (सोमबार) सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक नीति केही दिन पछि मात्र आउने भएको छ । 

केही पूर्व तयारीको काम र विभागीय मन्त्रीको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई ब्रिफिङ गर्ने काम बाँकी रहेका कारण मौद्रिक नीति आउन केही दिन ढिला भएको हो । 

मौद्रिक नीतिको ब्रिफिङ बाँकी रहेकोले एकदुई दिन ढिला भएको राष्ट्रबैंकले जनाएको छ । स्रोतका अनुसार मौद्रिक नीतिको विषयमा गभर्नरले अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सोमबार नै ब्रिफिङ गर्ने कार्यक्रम छ । 

अब एकदुई दिनमै राष्ट्रबैंकले त्यहाँको व्यवस्थापन कमिटीले तयार गरेको मौद्रिक नीतिको विषयमा छलफलसहित पारित गर्न बोर्ड बैठक डाक्नेछ । बोर्डले पारित गरेलगत्तै मौद्रिक नीति सार्वजनिक हुनेछ । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया