काठमाडौं- नागारिक लगानी कोषको अध्यक्षमा सूर्य बहादुर थापालाई नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले थापालाई आगामी ३ बर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।
असार २१ गते बसेको मन्त्री परिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नागरिक लगानी कोष ऐन, २०४७ (संशोधन सहित) को दफा २५ को उपदफा (१) को खण्ड (क) तथा अर्थ मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ बमोजिम तीन वर्षका लागि नागरिक लगानी कोषको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया