सानिमा बैंकको २५ लाख कित्ता संस्थापक सेयरमा सर्वसाधारणले पनि आवेदन दिन मिल्ने

३ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंकले सर्वसाधारणले पनि आवेदन दिन पाउनले गरी संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 

यसअघि संस्थापक सेयरधनीको नाममा रहेको २५ लाख कित्ता सेयर सानिमाकै अन्य संस्थापक सेयरधनीले आवेदन दिनसक्ने गरी बिक्री खुला भएको थियो । 

यद्दपि, तोकिएको ३५ दिनभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवदेन नपरेपछि अब सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः बिक्रीमा ल्याएको बैंकले जनाएको छ । 
 
संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले साउन २ गतेबाट १५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन सक्नेछन् । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया