काठमाडौं - नेपाल फाइनान्सको अवतरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारण समूहतर्फको अवतरित हकप्रद शेयर बाँडफाँड भएको हो ।
कम्पनीले गत असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६ कित्ता र सर्वसाधारण तर्फको ३ लाख २ हजार ६९६ कित्ता अवतरित हकप्रद शेयर लिलाम बढाबढमार्फत बिक्री खुल्ला गरेको थियो ।
उक्त हकप्रद शेयरमा समयभित्र रितपूर्वक बोलपत्र पेश गर्नेहरुका लागि बाँडफाँड गरिएको हो । यस्तै बाँडफाँडमा नपरेको आवेदकहरुको शेयर वापतको रकम सोझै दरखास्त फारममा उल्लेख गरेको बैंक खातामा आजदेखि जम्मा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीेको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया