'योगदानकर्ता सापटी निर्देशिका २०७९ स्वीकृत', के छ व्यावस्था ?

३ बर्ष अगाडि

काठमाडौं - श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेका छन् । 

मन्त्री कुँवरको निजी सचिवालयका अनुसार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ को दफा ३२ को उपदफा ९१० को खण्ड ९ट० तथा नेपाल सरकारले स्वीकृत गरेको सामाजिक सुरक्षा कोष लगानी कार्यविधि २०७७ को व्यवस्था बमोजिम उक्त निर्देशिका तयार पारिएको हो ।
 
सामाजिक सुरक्षा कोषले तयार पारेको निर्देशिकामा ‘योगदानकर्ता घर सापटी’ अन्तर्गत नयाँ घर निर्माण, तला थप्नेदेखि संयुक्त आवासमा युनिट र घर खरिद गर्ने कार्यमा कोषले सापटी दिने व्यवस्था गरेको छ । 

निर्देशिकामा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका, उमेर र सेवा अवधिको आधारमा अवकाश हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्तालाई सापटी प्रदान गरिने उल्लेख छ ।

घर सापटी धितोका आधारमा ७५ लाख रुपैयाँ पहिलो, योगदानकर्ताको १५ वर्षको तलब दोस्रो र तेस्रोमा योगदानकर्ता ६० वर्ष उमेर पुग्न बाँकी अवधिको तलब रहेका छन् ।

योगदानकर्ता शैक्षिक सापटीको व्यवस्था पनि निर्देशिकाले गरेको छ । कोषमा कम्तिमा ३६ महिना योगदान रकम जम्मा गरेका र उमेर वा सेवा अवधिको आधारमा अनिवार्य अवकास हुन कम्तिमा दुई वर्ष बाँकी रहेका योगदानकर्ताको हकमा शैक्षिक सापटीको व्यवस्था गरिएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया