काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्सले आफ्नो विशेष साधारण सभा साउन १९ गते बोलाएको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय बमोजिम सभा बस्ने निर्णय गरेको हो ।
सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा साउन १९ गते बिहान ११ बजे बस्ने छ । उक्त सभाले नियमकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी वृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सभा प्रयोजनको लागि असार १३ गतेदेखि शेयर कारोबार रोक्का गरेको छ । यस आधारमा असार १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया