काठमाडौं - आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा धेरै कर तिर्ने १० ठूला कम्पनीमा ५ वटा वाणिज्य बैंकहरु रहेका छन् ।
असार मसान्तसम्म दाखिला भएको करको विवरणअनुसार सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीको सूचीमा एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंक परेका छन् ।
१. एनआइसी एसिया बैंक
अर्थ मन्त्रालय स्रोतका अनुसार एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ४१ करोड कर दाखिला गरेको छ । जुन वाणिज्य बैंकहरुमध्ये धेरै हो ।
उच्च कर तिर्नेमा एनआइसी एसिया छैटौँ स्थानमा छ । अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गर्दै एनआईसी एसिया बैंक पाँचौँ स्थानमा थियो ।
२. नबिल बैंक
नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौँ नम्बरमा परेको छ । वाणिज्य बैंकहरुमा भने दोस्रो स्थानमा छ । अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दै बैंकिङ क्षेत्रमध्ये सबैभन्दा धेरै कर तिर्नेको बैंक बनेको थियो ।
३. आइएमई बैंक
बैंकिङ क्षेत्रमा गत आवमा सबैभन्दा बढी घर तिर्नेमा आइएमई बैंक रहेको छ भने समग्रमा आठौँ स्थानमा छ । ग्लोबल आइएमई बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ ।
४. सिद्धार्थ बैंक
सर्वाधिक कर तिर्ने सूचीको नवौँ स्थानमा २ अर्ब ७७ करोड रुपैयाँसहित सिद्धार्थ बैंक रहेको छ ।
५. वाणिज्य बैंक
सर्वाधिक कर तिर्ने सूचीको दसौँ स्थानमा वाणिज्य बैंक रहेको छ । बैंकले २ अर्ब ६५ करोड रुपैयाँ कर तिरेको छ ।
प्रतिक्रिया