काठमाडौं - नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले आगामी मंगलबारका लागि २८ दिने र ९१ दिन ट्रेजरी बिल जारी गर्न लागेको हो । यी ट्रेजरी बिलको आज बोलकबोल हुनेछ ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो बिल आउँदो असोज ३१ गते परिपक्व हुनेछ ।
यसैगरी केन्द्रीय बैंकले ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । जुन आगामी पुस १ परिपक्व हुनेछ ।
यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।
प्रतिक्रिया