कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

३ बर्ष अगाडि

कामना सेवा विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएका छन् । 

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्च तहमा रही काम गर्दै आएकामा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै अएका थिए । उनि एन.आई.सि एसिया बैंक तथा नबिल बैंक सँग आबद्ध भएर पनि काम गरी सकेका छन् । 

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पु¥याउने बैंकले विश्वास लिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया