शिखर इन्स्योरेन्सद्धारा ५ अर्बभन्दा बढी बीमाशुल्क आर्जन

३ बर्ष अगाडि

काठमाडौं, शिखर इन्स्योरेन्स कम्पनीले ५ अर्ब रुपैयाँ भन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ५ अर्ब १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा २६.२० प्रतिशतले बढी हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९७ करोड रूपैयाँ मात्रै बीमाशुल्क संकलन गरेको थियो ।

कम्पनीले ३ अर्ब रूपैयाँको दाबी भुक्तानी गरेको छ भने हालसम्म कम्पनीमा २ करोड ६२ लाख वटा पोलिसी जारी भएका छन् ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया