बरुण हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन, समायोजनपछिको मूल्य कति पुग्यो ?

३ बर्ष अगाडि

काठमाडौं, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ । 

कम्पनीको १०० प्रतिशत हकप्रद शेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ७१ रूपैयाँ ५० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले आज आइतबारको अन्तिम कारोबार मूल्य ४ सय ४३ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १०० प्रतिशत अर्थात् १ः१ को अनुपातमा २६ करोड ७९ लाख ७ हजार ५ सय रूपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट असार १५ गते, बुधबार अनुमति पाएको थियो ।

कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि आरविवि मर्चेन्ट एण्ड बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया