हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट सुरु

३ बर्ष अगाडि

काठमाडौं, हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर भएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार आज साउन १ गते आइतबारका दिन सुरु भएको छ । होटल याक एण्ड यतिमा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा कम्पनीको लोगो साथै पहिलो बीमालेख जारी गरेर पहिलो कारोबार शुरु गरेको घोषणा गरेको छ । उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटाले स्वागत मन्तब्य व्यक्त गरे र मर्जर समितिका अध्यक्ष अजय रत्न स्थापितले हालसम्मको प्रगति बारेमा प्रकाश पारे ।

एकीकृत कारोबारको शुभारम्भको अवसरमा सेवोनका अध्यक्ष रमेश कुमार हमाल, ICAN  का अध्यक्ष युद्ध राज ओली, जनरल इन्स्योरेन्स एशोसियसनका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष निर्मल काजी श्रेष्ठ नेपाल रि ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शंकर रायमाझी, हिमालयन रि ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चन्द«शेखरन रामामुर्थी, नेपाल इन्स्योरेन्स सर्भेयर एशोसियसनका अध्यक्ष मोहन पुरुष ढकालले शुभकामना मन्तव्य व्यक्त गरे ।

मजर्र भई बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले कम्पनीले हालसम्म तय गरेको यात्रा र भावी योजनाको बारेमा प्रकाश पारे । कार्यक्रमलाई प्रमुख अतिथी बीमा समिकिा अध्यक्ष सुर्य प्रसाद सिलवालले सम्बोधन गर्दै यस मर्जरले कम्पनीलाई मात्र नभई बीमा समितिलाई पनि गौरन्वान्बीत बनाएको भने र आगामी दिनमा संस्थाको थप उत्तरोत्तर प्रगतिको कामना पनि गरे ।

अन्तमा सभाका सभा अध्यक्ष तथा कम्पनीका संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले आफ्नो मन्तब्य राख्दै कार्यक्रम समापनको घोषणा गरे ।

३ बर्ष अगाडि

प्रतिक्रिया