बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको मर्जर पश्चात बीमा प्रति सर्वसाधारणको विश्वास समेत बढ्ने बताएका छन् । हिमालयन र एभरेष्ट इन्स्योरेन्सको एकिकृत कारोबार शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले बीमा कम्पनीको संख्या धेरै हुदाँ अस्वस्थ प्रतिस्पर्धा बढेकोले मर्जर आवश्यकता रहेको बताए ।
बीमा कम्पनीहरुको संख्या धेरै हुदाँ अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । दुई रुपैयाँमा डोजरको बीमा सुविधा ल्याउँदा बीमा प्रति विश्वनियता घटाएको छ । उनले भने, 'बीमा कम्पनीहरुको मर्जर पश्चात बीमा प्रति सर्वसाधारणको विश्वास समेत बढ्नेछ ।'
यस्तै, सिलवालले बीमा कम्पनीहरुलाई मर्जरमा जान दबाब नदिएको बताएका छन् । ुहामीले मर्जरमा जान कुनै पनि बीमा कम्पनीहरुलाई फोर्स गरेका छैनौं । अहिलेसम्म जति बीमा कम्पनीहरुले मर्जर जाने सम्झौता गरेका छन् । सबै स्वस्फुर्त मर्जरमा गएका हुन्,उनले भने, 'हामीले पूँजी वृद्धिको योजना माग्दा पनि अधिकाँश बीमा कम्पनीहरुले मर्जरलाई प्राथमिकता दिएर योजना पेश गरेका थिए ।'
बीमा समितिको पूँजी वृद्धिको योजना अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ वटा बीमा कम्पनीहरुले मर्जरमा जाने सम्झौता गरेका छन् । त्यसमध्ये ९ वटा जीवन बीमा कम्पनी र १० वटा निर्जीवन बीमा कम्पनीहरु रहेका छन् ।
मर्जरमा जाने सम्झौता गरेका १० निर्जीवन बीमा कम्पनीहरु मध्ये हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले आज साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकिकृत कारोबार शुरु गरेका हुन् ।
प्रतिक्रिया