१३५ जना संक्रमित थपिदाँ सक्रिय संख्या १४ सय नाघ्योदुई महिना एकको मृत्यु

३ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा १३५ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको नमुना परीक्षण गर्दा सो संख्या बराबरमा कोरोना पुष्टि भएको हो । 

आइतबार कोरोना मुक्त हुने भने ५९ जना छन् । हाल देशमा सक्रिय संक्रमितको संख्या एक हजार ४३९ रहेको छ । केहि समय यता कोभिड १९ का कारण निधन हुनेको संख्या शुन्य रहेको छ ।

आज कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। यसअघि कोरोना सङ्क्रमणबाट वैशाख २४ गते एक जनाको मृत्यु भएको थियो।

त्यसयता कोरोना सङ्क्रमणबाट कसैले ज्यान गुमाउनुपरेको थिएन। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५३ पुगेको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया