राधी विद्युत कम्पनीसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाइ गरे,कुन कुन ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.९३ अंक बढेर २००९.४७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १.९३ अंकले बढेर २०११.३९ को बिन्दुमा पुगेको छ ।

आज कारोबारको अन्तिम समयसम्म २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा राधी विद्युत कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य ५.४८ प्रतिशतले बढेको हो ।

त्यस्तै, प्रभु बैंकको ४.७३ प्रतिशत, नयाँ सारथी लघुवित्तको ४.४३ प्रतिशत, कुमारी बैंकको ४.१९ प्रतिशत र उनउत्थान सामुदायिक लघुवित्तको ३.९४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया