आर्थिक वर्षको पहिलो दिन सामान्य अंकले बढ्यो नेप्से, कतिको भयो कारोबार ?

३ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.९३ अंक बढेर २००९.४७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १.९३ अंकले बढेर २०११.३९ को बिन्दुमा पुगेको छ ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०९ अंक घटेको छ।

नेप्से उकालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। गत शुक्रबार १ अर्ब ४५ करोडको शेयर खरिदबिक्री भएकोमा यस दिन २१० स्टकको २५ हजार ९२४ पटकको कारोबारमा १ अर्ब २३ करोड २४ लाख रुपैयाँ बराबरको ३० लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरी, अरुण काबेली पावर र एनआईसी एशियाको साढे ४ करोड बराबरको शेयर कारोबार भएको छ।

आइतबार राधी विद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.४८ प्रतिशत बढेको छ। त्यसैगरी, प्रभु बैंक, नयाँ सारथी लघुवित्त र कुमारी बैंकको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यता प्रभु सेलेक्ट फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ९.७८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन सामुदायिक लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.६३ प्रतिशत, लगानीको ०.९१ प्रतिशत, जीवन बीमाको ०.१६ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८६ प्रतिशत र व्यापार उपसमूहको ०.४२ प्रतिशत बढेको छ। कारोबारमा आएका होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया