अपर तामाकोशीसहित यी १० कम्पनीको सर्वाधिक कारोबार, कुन कम्पनीले कतिको कारोबार गरे ?

३ बर्ष अगाडि

काठमाडौं-साताको पहिलो कारोबारको दिन (आइतबार) शेयर बजार सामान्य अंकले बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.९३ अंक बढेर २००९.४७ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक १.९३ अंकले बढेर २०११.३९ को बिन्दुमा पुगेको छ ।

आज कारोबारको अन्तिम समयसम्म २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैंया बराबरको शेयर कारोबार भएको छ ।

आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक अपर तामाकोशीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ६ करोड ४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४ करोड ७६ लाख, अरुण काबेली पावरको ४ करोड ६५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५६ लाख र नेपाल टेलिकमको ४ करोड ४६ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया