काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले आव २०७८/७९ को चौथो त्रैमाससम्म कुल १ खर्ब १ अर्ब ४० करोड १९ लाख ९३ हजार २६६ रुपैयाँ निक्षेप संकलन गरेको छ ।
बैंकिङ क्षेत्रमा तरलताको संकटको वर्ष भएता पनि उक्त बैंकले ७ अर्ब ९१ करोड अर्थात करिब साढे ८ प्रतिशतले निक्षेप वृद्धि गरेको हो ।
यस्तै २०७९ असार मसान्तसम्ममा बैंकले कुल ९१ अर्ब ४६ करोड कर्जा लगानी गरेको छ । यो रकम एक आर्थिक वर्षअघिको तुलनामा १३ अर्ब ३७ करोड रुपैयाँले बढी हो । समीक्षा वर्षमा बैंकको कर्जा विस्तार करिब १७ प्रतिशतले भएको छ ।
यसका साथै बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.९८ प्रतिशत कायम भएको छ भने तरलता अनुपात (एलडी रेसियो) २५.०६ प्रतिशत कायम भएको छ । बैंकको खुद तरल सम्पत्ति (एनएलए) २५ प्रतिशतभन्दा बढी छ ।
प्रतिक्रिया