आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ घटाएर पठायो मूल्य सूचि

३ बर्ष अगाडि

काठमाडौं - इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको छ।

आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ । 

आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको भाउ घटेर हाल १०१ डलरको आसपासमा छ । अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेसँगै आईओसीले इन्धनको मूल्य घटाएर पठाएको  हो ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया