काठमाडौं - शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट बिक्री गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ ।
शिवम् सिमेन्टले स्थापनाकालदेखि हाल २०७९ असार मसान्तसम्मको छोटो अवधिमा नै नेपालकै सर्वाधिक ओपीसी सिमेन्ट बिक्री गर्ने उद्योग बन्न सफल भएको हो ।
ओपीसी मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुंगा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुंगाबाट गुणस्तरीय ओपीसी सिमेन्टमात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ।
उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन एस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । उ
च्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो ।
प्रतिक्रिया