काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आज साउन १ गते सुरु भएको छ ।
आज काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी मर्जरपछि हिमालयन एभरेष्ट इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत निर्जीवन बीमा सेवा कारोबार सुरु भएको उद्घोष गरिएको हो ।
यी दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए । कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहले बीमा क्षेत्रमा यो पहिलो मर्जर रहेको बताए । उनले बीमा कम्पनीहरुबीचको मर्जरले बीमा व्यवसाय सुदृढ हुने विचार राखे ।
यी दुवै कम्पनी ३ दशकअघि स्थापना भएका थिए। मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । बीमा समितिको तोकेको चुक्तापुँजी बोनस सेयर वितरण गरेर पुर्याउने सीईओ शाहले बताए ।
खुद बीमा शुल्क आर्जन ३ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको मर्जरपछि कुल शाखा ७५ र कार्यरत कर्मचारीको संख्या ४४४ पुगेको छ ।
प्रतिक्रिया