काठमाडौं, साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.९३ अंक बढेर २००९.४७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.४६ अंक बढेर २०१०.९२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८० अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १५ स्टकको ७ लाख १ हजार ४८६ रुपैयाँ ४० पैसा बराबरको १ हजार ७०१ कित्ता शेयर खरिदबिक्री भएको छ। सोमध्ये ९ स्टकको मूल्य बढेको छ भने ५ स्टकको मूल्य घटेको छ र १ स्टकको स्थिर रहेको छ ।
प्रतिक्रिया