बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, निष्कासन कहिले ?

३ बर्ष अगाडि

काठमाडौं - बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

हकप्रद निष्कासनका लागि कम्पनीले भोलि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज साउन १ गतेसम्म कायम सेयरधनीहरु मात्रै यो कम्पनीको हकप्रद भर्न योग्य हुनेछन् । 

कम्पनीले हकप्रद सेयर निष्कासनको मिति भने तय गरिसकेको छैन । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गत असार १५ गते बरुण हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद निष्कासनको अनुमति दिएको छ ।

सेबोनको अनुमतिसँगै अब बरुण हाइड्रोपावरले १०० अंकित दरका कुल २६ लाख ७९ हजार ७६ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ । 

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट एन्ड बैंकिङ लिमिटेड रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया