हिमालय एयरलाइन्सको कुवेत सिधा उडान, वैदेशिक रोजगारीका लागि कुवेत जाने नेपाली कामदारलाई सहज

३ बर्ष अगाडि

काठमाडौं - हिमालय एयरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सिधा उडान शुरु गरेको छ । यस उडानले वैदेशिक रोजगारी तथा बजार प्रवर्द्धनका लागि कुवेत जाने नेपाली व्यवसायी तथा कामदारलाई सहज हुनेछ । 

हिमालय एयरलाइन्सले शुक्रबार आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको जनाएको छ । एयरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौँ उडान सञ्चालन गर्ने छ । 

उक्त विमान कम्पनीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट बिहान ०९ः१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया