मुक्तिनाथ क्यापिटलले आजबाट बिक्रीमा ल्यायो सतप्रतिशत हकप्रद सेयर, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

३ बर्ष अगाडि

काठमाडौं - मुक्तिनाथ क्यापिटलले आजबाट सतप्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

क्यापिटलले आज एक सूचना जारी गर्दै सेयरधनीहरुलाई १ः१ अनुपात अर्थात १ सेयरबराबर नयाँ १ सेयर बिक्री खुला गरिएको जानकारी गराएको हो । 

कम्पनीले १०० अंकित दरका कुल २० लाख २५ हजार कित्ता हकप्रद बिक्री खुला गरेको छ । यो हकप्रदमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन सकिनेछ । 

लगानीकर्ताले हकप्रद खरिदका लागि मुक्तिनाथ क्यापिटलको केन्द्रीय कार्यालयमा पुगेर खरिद आवेदन दिनुपर्नेछ । 

 
 

३ बर्ष अगाडि

प्रतिक्रिया