काठमाडौं - बीमा समितिले आज सम्पुर्ण बीमा कम्पनीहरुको सुपरिवेक्षण गर्ने भएको छ । दुईदेखि तीन जनाको टोलि बनाएर सुपरिवेक्षणमा पठाउने बीमा समितिले जनाएको छ । समितिले हिजो राति १२ बजे पछि सफ्टवेयर लक गरे नसकेको हेर्नेछ ।
स्थलगत निरिक्षणका क्रममा समितिका प्रतिनिधिहरुले हिजो राति १२ बजेसम्म जारी भएका पोलिसीको विवरण हेर्नेछ । सो अवधिमा कम्पनीले जारी गरेका पोलिसीको विवरणका अतिरिक्त व्याक डेटमा पोलिसी जारी भए नभएको विषयमा पनि हेर्नेछ ।
समितिले यसै वर्षदेखि एपिआई मार्फत सम्पुर्ण कम्पनीको निरिक्षण गर्ने योजना भने पुरा हुन सकेन । समितिले प्रयाप्त योजना नै नबनाइ छोटो समय भित्रै एपिआई मार्फत जोडिन निर्देशन दिदा सफल हुन नसकेको हो ।
प्रतिक्रिया